Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लिपुलेक, लिम्पियाधुराका सम्बन्धमा नेपालको अडान यथावत, भारत र चीन दुवै छिमेकीलाई कुटनीतिक नोट पठाइयो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानीका सम्बन्धमा नेपालले आफ्नो अडान यथावत राखेको छ । नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत तथा चीन दुवै पक्षलाई पुनः अवगत गराएको छ ।

परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यमबाट दुवै छिमेकी मुलुकलाई नेपालको आधिकारिक धारणाबारे जानकारी गराएको हो ।

परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न भारत सरकारलाई यसअघि नै निरन्तर आग्रह गर्दै आएको स्मरण गराएको छ ।

साथै लिपुलेक क्षेत्र नेपाली भू–भाग रहेको सन्दर्भमा मित्रराष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीद्वारा जारी विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

यस्तो छ सरकारको विज्ञप्ति

Health Tips Ad Road Block