Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

शंकाष्पद देखिएका सम्पति छानबिन हुँदै, विदेश जानेलाई पनि नछोड्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति छानबिनलाई दुई चरणमा छानबिन गर्ने भएको छ ।

२०४८ सालदेखि हालसम्म सार्वजनिक पदमा रहेका व्यक्ति तथा पदाधिकारीको सम्पत्ति छानबिनका लागि सरकारले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा गठित सम्पत्ति छानबिन आयोग २०८३ ले सो प्रक्रिया अगाडि बढाएको हो ।

आयोगमा पूर्वन्यायाधीशद्वय पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, पूर्वप्रहरी महानिरीक्षक गणेश केसी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य छन् ।

आयोगले भ्रष्टाचार तथा गैरकानुनी माध्यमबाट सम्पत्ति आर्जन गरेको आशङ्का भएका व्यक्तिलाई केन्द्रित गरी अनुसन्धान प्रक्रिया अघि बढाउने कार्यादेश पाएसँगै दुई चरणमा छानबिन प्रक्रिया अघि बढाउने तयारी गरेको हो । आयोगका सदस्य तथा प्रवक्ता पूर्वप्रहरी महानिरीक्षक (डिआइजी) गणेश केसीले पहिलो चरणमा आर्थिक वर्ष २०६२/६३ देखि २०८२/८३ को चैत मसान्तसम्मको अवधिमा सार्वजनिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण सङ्कलन, पुष्ट्याइँ तथा छानबिन गरिनेछ । दोस्रो चरणमा भने २०४८ सालदेखि आव २०६१/६२ सम्मको अवधिमा रहेका पदाधिकारी तथा कर्मचारीको सम्पत्तिमाथि अनुसन्धान हुनेछ ।

आवश्यक परे विदेशमा रहेको शङ्कास्पद सम्पत्तिको समेत अध्ययन गर्ने कार्यमा विदेशस्थित नेपाली कूटनीतिक नियोग, इन्टरपोल तथा अन्य अनुसन्धान निकायसँग समन्वय गर्ने तयारी गरिएको छ ।

Health Tips Ad Road Block