Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आकर्षक तलवको लोभमा विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने ६ जना पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं र। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने पाल्पा घर भएका ३० वर्षीय मिलन तिमल्सिना, काभ्रे बनेपा बस्ने काभ्रे रोशी गाउँपालिका–११ घर भएकी २४ वर्षीया सिर्जना श्रेष्ठ, काठमाडौं महानगरपालिका–१६ बस्ने नवलपरासी पूर्व घर भएका २६ वर्षीय अकिन बस्ताकोटी, गोरखा घर भएकी २२ वर्षीया निशा विक, काठमाडौं नागार्जुन नगरपालिका–१ बस्ने लमजुङ घर भएका ३८ वर्षीय राजेन्द्र अधिकारी र काठमाडौं गोकर्णेश्‍वर नगरपालिका–८ बस्ने ३४ वर्षीय सागर श्रेष्ठ रहेका छन् ।

पक्राउ मध्ये मिलनले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, सिर्जनाले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, अकिनले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७५ हजार रूपैयाँ, निशाले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रूपैयाँ, राजेन्द्रले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र सागरले सिङ्गापुर पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मिलन र सिर्जनालाई काठमाडौं महानगरपालिका–१२ बाट, अकिनलाई काठमाडौं महानगरपालिका–१६ बाट, निशालाई काठमाडौं महानगरपालिका–२ बाट, राजेन्द्रलाई काठमाडौं नागार्जुन नगरपालिका–१ बाट र सागरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block