नवलपरासी(पूर्व) । जिल्ला नवलपरासी पूर्व) मा बंगुरको मासु खाँदा नवलपरासीमा एउटै गाउँका १६ जना बिरामी परेका छन् ।
कावासोती नगरपालिका १४ हेगौलीका १०५ घरधुरीका मानिसहरुले जेठ २३ गते शनिबार बंगुर काटी भोज खाएका थिए ।
भोज खाएपछि वर्ष ४४ की राम कुमारी महतो लगायत १६ जना मानिसहरुलाई ज्वरो आउने, बान्ता हुने, पखाला लाग्ने समस्या देखा परेको छ ।
बिरामीहरुलाई स्थानीय प्रहरीको सहयोगमा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा लगि उपचार भइरहेको छ ।





















