काठमाडौं । सामाजिक सुरक्षा कोषबाट १ करोड ५० लाखसम्म घर कर्जा पाइने भएको छ । कोषले एक सूचना जारी गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएको छ ।
बैशाख ४ गतेबाट सामाजिक सुरक्षा कोषले वार्षिक ५.८५ प्रतिशत ब्याजदरमा १ करोड ५० लाख सम्म घर कर्जा दिन शुरू गरेको हो ।
कोषका अनुसार धितो र मासिक किस्ता तिर्ने आफ्नो क्षमता अनुसार कर्जा लिन सकिनेछ ।






















