Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रभु इन्स्योरेन्सद्धारा दिगो सफलता हासिल गर्न अल्पकालिक तथा दीर्घकालिन रणनीति तय,साधारणसभाबाट लाभांश पारित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको ३० औँ साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट ९.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभामा सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मल्लले साधारणसभामा कम्पनीको हाल कायमको चुक्ता पूँजीको ८.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४५७९ प्रतिशत नगद लाभांश गरि कुल ९.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव साधारणसभाले पारित गरेको हो ।

सभामा अध्यक्ष मल्लले कम्पनीले दिगो रुपमा सफलता हासिल गर्नका लागि नीतिगत रूपमा अल्पकालिक तथा दीर्घकालिन रणनीतिहरू तय गरेको जानकारी दिए । उनले सन्तुलित र निरन्तर प्रगतिको रणनीतिसहित अगाडि बढ्‌दै छरितो संस्था बनाउने उदेश्यका साथ कार्य गरिरहेको बताए ।

सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि प्रविधिको उपयुक्त प्रयोग गर्दै छिटो र सहज सेवा उपलब्ध गराउने नीति संस्थाले लिएको उनको भनाइ थियो । कम्पनीले संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रूपमा बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्ने तर्फ विशेष ध्यान दिएको उनले बताए ।

उत्कृष्ट र विश्वासिलो बीमा कम्पनी बन्ने उद्देश्यका साथै ‘प्रभुमा बीमा गरौं, निर्धक्क रहौँ’ भन्ने नारालाई चरितार्थ गर्न कम्पनीले व्यवसाय वृद्धि, मानव संशाधनको विकास तथा आधुनिकीकरण, कर्मचारीहरूको वृत्ति विकास तथा तालिम, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, नीति तथा कार्यविधिको पूर्ण परिपालनाका साथै ब्राण्डिङ्गमा जोड दिएको उनको भनाइ छ ।

कम्पनी यस वर्ष इन्डियन चेम्बर अफ कमर्सद्वारा थाईल्याण्डको बैंककमा आयोजित छैठौं संस्करणको “इमर्जिङ एसिया अवार्ड” मा “Best General Insurance Company of the Year, Nepal” र “Company with the best Risk Management Strategy of the Year General, Nepal” गरि दुई वटा विधामा अवार्ड जित्न सफल भएको उनले सभालाई जानकारी गराए ।

Health Tips Ad Road Block