काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिकस्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै पदबाट राजीनामा दिएका हुन्।
मन्त्री गुरुङले आफ्नो राजीनामा पत्र प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेस गरेका छन्।
अब गृह मन्त्रालयको जिम्मेवारी हालका लागि प्रधानमन्त्रीले नै सम्हाल्नेछन्।
आफ्नो राजीनामाका सम्बन्धमा स्पष्ट पार्दै मन्त्री गुरुङले पदभन्दा नैतिकता र जनविश्वास ठूलो भएको बताएका छन्।






















