Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

उद्योग वाणिज्य महासंघको प्राङ्गणमा १८ सदस्यहरुको सदस्यता कायमका लागि धर्ना

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रिय कार्यकारिणी समिति सदस्यको बैठक बसिरहँदा सदस्यता कायमका लागि १८ ओटा वस्तुगत सङ्घले धर्ना दिइरहेका छन्। अदालतसम्म पुगेको सदस्यता विवादसहितको निर्णय गर्न महासङ्घ केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ ।

सदस्यता सिफारिस समितिले १८ वटै वस्तुगत सङ्घलाई सदस्यता दिन नसकिने कारणसहित प्रतिवेदन बुझाएको छ । तर सो सिफारिस संयोजक गोल्छाको एकल भएको दाबी छ। बैठकमा बुझाउनुपर्ने प्रतिबेदन एकदिन अगाडि नै सार्वजनिक हुनु ठूलो गल्ती हो र यो महासंघमा यसरी सिनियरहरुले अनुशासन बाहिर जानु अत्यन्तै दुःखद भएको विषय महासंघ भित्रै आवाज उठेको छ ।

उच्च अदालत पाटनले सदस्यता विवाद टुङ्ग्याएर मात्रै साधारण सभा गर्न आदेश दिएको थियो । तर अदालतको आदेशपछि गत चैत २९ र ३० गते हुने भनिएको साधारण सभा स्थगित भएको थियो । महासङ्घले यही वैशाख २१ र २२ गते साधारण सभा गर्ने तयारी गरेको छ । सदस्यता विवाद भने कायमै छ ।

यसरी सदस्यताको टुंगो नलागे अगाडि बढ्न नसक्ने कुरा उठाउँदै यदि अगाडि बढे पुनः अदालत जाने कुरा १८ का सदस्यहरु बताउँछन् ।

Health Tips Ad Road Block