Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि एनआरएन र सांस्कृतिक संस्थानबीच छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। गैरआवासीय नेपाली संघका प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक सोम नाथ सापकोटाले सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनसँग भेटघाट गरेका हुन्।

उक्त भेटमा नेपालको गौरवशाली संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै “अतिथि देवो भव:” को मूल भावका साथ विदेशी नागरिकलाई नेपाल भ्रमणतर्फ आकर्षित गर्ने तथा “सांस्कृतिक पर्यटन” को विकासलाई अझ सुदृढ बनाउने विषयमा गहन विचार आदानप्रदान भएको छ।

छलफलका क्रममा मुनामदन नाटक, नेपालका विभिन्न जात्रा तथा परम्परागत सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र विश्वव्यापी प्रवर्द्धन गर्ने विषयमा विशेष जोड दिनुका साथै गैरआवासीय नेपाली संघ (NRNA) का नीति तथा कार्यक्रमलाई दीर्घकालीन रूपमा प्रभावकारी ढंगले अगाडि बढाउन सहकार्य गर्ने विषयमा सांस्कृतिक संस्थान सधैं प्रतिबद्ध रहेको कुरा व्यक्त गरिएको छ।

दुवै पक्षबीच सहकार्यलाई अझ सुदृढ बनाउने सहमति समेत भएको छ।

Health Tips Ad Road Block