Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

समस्याग्रस्त २० सहकारीको ऋण १५ दिनभित्र चुक्ता गर्न सरकारी निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समिमतको कार्यालयले समस्याग्रस्त सहकारीको ऋण १५ दिनभित्र चुक्ता गर्न निर्देशन दिएको छ । ऋण चुक्ता गर्न बाँकी रहेका ऋणीहरूले बुझाउनुपर्ने ऋणको साँवा, व्याज तथा हर्जनासमेत नबुझाएको देखिएको भन्दै एक सूचनामार्फत कार्यालयले मंगलबार यस्ताे निर्देशन दिएको हो ।

यस्तो छ सूचना

नेपाल सरकार (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय) बाट सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि यस समितिको मातहतमा आएका तपसिलबमोजिमका सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूलाई कार्यालयको वेबसाइट र राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन, एसएमएस, फोनलगायतका माध्यमबाट पटक पटक जानकारी गराउँदा पनि हालसम्म ऋण चुक्ता गर्न बाँकी रहेका ऋणीहरूले बुझाउनुपर्ने ऋणको साँवा, व्याज तथा हर्जानासमेत नबुझाएको हुँदा यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस समितिको कार्यालय बुद्धनगर, काठमाडौंमा सम्पर्क गरी आफ्नो हरहिसाब लिई रकम बुझाउनका लागि यो सूचना प्रकाशन गरिएको छ। उल्लिखित अवधिभित्र पनि ऋण फरफारक नगरेमा ऋणीहरूको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने, ऋणी तथा निजहरूका परिवार र जमानीको सम्पत्ति र खाताका साथै सार्वजनिक सेवा सुविधा रोक्काका लागि सम्बन्धित निकायमा लेखी पठाउनुका साथै सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ बमोजिम कर्जा लिँदा लेखिदिएको धितो लिलाम बिक्री वा अन्य व्यवस्था गरी सहकारी संस्थाको सम्पूर्ण लेना रकम असुल उपर गरिने बेहोरासहित सम्बन्धित ऋणी तथा जमानीहरूको जानकारी तथा कारबाहीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

कार्यालयले जारी गरेको सूचनाअनुसार समस्याग्रस्त सहकारी संस्थाहरुको विवरण

Health Tips Ad Road Block