skip this News Page Tips Ad Road Block

अल न्यु किया के ३ सेल्टोस नेपाली बजारमा सार्वजनिक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । किया नेपालले अल न्यू किया के ३ सेन्टोस नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले काठमाडौंको गैरीधारामा एक कार्यक्रम गरी एसयु‌भी सार्वजनिक गरेको हो। तेस्रो पुस्ताको यो सेल्टोसमा डिजाइन, सुरक्षा, प्रविधि, आराम कार्यक्षमतामा व्यापक अपग्रेडहरू समावेश रहेको कम्पनीले जनाएको छ ।

कियाको नयाँ केर प्लेटफर्ममा निर्मित अल न्यू किया के ३ सेल्टोसमा ठूलो र बलियो बडी संरचना छ, जसले थप फराकिलो क्याबिन, उच्चस्तरको आराम र परिष्कृत ड्राइभिङ अनुभव प्रदान गर्छ। भारतमा रहेको कियाको अत्याधुनिक प्लान्टमा निर्मित यो मोडल विश्वका ९० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ।

यो नयाँ एसयुभीमा लेभल २ एडिएस, २१ वटा स्ट्‌यान्डर्ड सुरक्षा सुविधा, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्ले र प्यानोरामिक सनरूफ जस्ता विशेषताहरू छन्, जसले यसलाई आफ्‌नो सेगमेन्टकै सबैभन्दा धेरै सुविधायुक्त एसयु‌भीमध्ये एक बनाएको छ।

अल न्यु किया के ३ सेल्टोसले ८१ मा ७६७ अंक प्राप्त गर्दै फाइभ स्टार बीएनसीएपी सुरक्षा रेटिड हासिल गरेको छ, जुन यस सेगमेन्टकै उत्कृष्ट सुरक्षा स्कोरहरूमध्ये एक भएको कम्पनीको भनाइ छ ।

एसयुभी सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै किया नेपालका प्रतिनिभिले भने, ‘अल न्यु किया के ३ सेल्टोसमा नेपाली वक्ता ग्राहकलाई उन्नत प्रविधि, प्रिमियम डिजाइनर उत्कृष्ट सुरक्षा प्रदान गर्ने क्रियाको प्रतिबद्धता झल्किन्छ । हामीलाई विश्वास छ यसले एसयुभी सेगमेन्टमा एक नयाँ स्तर कायम गर्नेछ ।’

अल न्यु किया के३ सेल्टोसलाई अघिल्लो पुस्ताको सेल्टोससँगै बिक्री गर्ने कम्पनीको योजना छ। जसले ग्राहकलाई विभिन्न मूल्य र विशेषताहरूका आधारमा छनोटको फराकिलो विकल्प दिने कम्पनीले जनााएको छ। यो एयुभी अहिले देशभर रहेका किया नेपालका आधिकारिक डिलर नेटवर्क मार्फत उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

अल न्यु किया केरे को मूल्य:

HTK (0) रु ६८,९०,०००
HTK (0) IVT ७५,९०,०००
HTX (A) IVT ८५९०,०००
X-Line (A) 7DCT रु ९५,९०,०००

किया नेपालको बारेमा

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिद्वारा सञ्चालित किया नेपाल ३५ वर्षभन्दा बढी समयदेखि नेपालका लागि किया गाडीहरूको एकमात्र आधिकारिक वितरक रहँदै आएको छ। क्रियाका गाडीहरू नवप्रवर्तन, विश्वसनीयता, सुरक्षा र कार्यक्षमताका माध्यमबाट नेपाली ग्राहकहरूको विश्वास जित्न निरन्तर सफल भइरहेको छ ।

Health Tips Ad Road Block