Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कम्तिमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्‍योः अर्थमन्त्री

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्तिमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्ने बताएका छन् । लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठककाक्रममा उनले यस्तो बताएका हुन् ।

मङ्गलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.वाग्लेको संयोजकत्वमा समितिको बैठक बसेको हो । उनले लगानी स्वीकृत भएको ५५ आयोजनामा २ वटा मात्रै निर्माणमा जानू त लाजै मर्दो भएको भन्दै विदेशी लगानी स्वीकृत भएका यति लामो समयमा काम नै नगर्नु भनेको त निर्मम समीक्षा गर्नु पर्ने स्थिति भएको बताए । परियोजनामा विदेशी लगानी स्वीकार गरेर आयोजना निर्माणमा थप काम नहुनुमा दोषी को हो ? मान्छे भए मान्छे  कानुन भए कानुन फेर्नै पर्ने अवस्था भए त्यसबारे भन्न उनले भने ।

अब १४ औँ बैठकमा समस्या समाधान गरेर थप प्रगति नभए निर्मम भएर सोचिने उनको चेतावनी छ । ‘लगानी सहजीकरण गर्ने यति ठूलो शक्तिशाली निकाय निरीह देखिनुले अत्यन्तै गलत सूचना सञ्चार भयो । कम्तिमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्‍यो । केही फेन्सी आयोजना छन् त्योबारे सोच्नुपर्छ ।’

छलफलमा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले देशको भविष्य बोकेका आयोजना र विकासका परियोजनाको हालत अत्यन्तै दयनीय देखिएको गुनासो गरे । उनले भने, ‘परियोजना अघि बढाउन प्रगतिको बाधक के–के हुन् तत्काल सम्बोधन गरिनुपर्ने भन्दै कुन निकाय ? कुन व्यक्ति ? के–के कारणले समन्वय गर्न नसकेको हो ? अब यो मनिटरिङ हुन्छ ।’

छलफलमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लगानी बोर्ड, कार्यालय तथा समितिको काम कर्तव्य, अधिकार, बोर्डबाट स्वीकृत तथा सहजीकरण गरिरहेका आयोजनाका बारेमा जानकारी गराएका थिए । यस्तै उनले यस अघिको १२ औँ बैठकले गरेको निर्णय कार्यन्वयन जस्ता विषयमा प्रष्ट पारेका थिए ।

Health Tips Ad Road Block