Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा १००% सम्म छुट

छुटको अवसर २००८३ वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म मात्र उपलब्ध

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्‌नो २५औं वार्षिकोत्सवको अवसरमा व्यतीत बीमालेखहरूको पुनर्जागरण गराउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ। वर्तमान आर्थिक कठिनाइका कारण धेरै बीमालेखहरू व्यतीत भइरहेका अवस्थामा, सहजरूपमा नवीकरण बीमाशुल्क्त भुक्तानीमार्फत त्यस्ता व्यतीत बीमालेखहरू पुनः सक्रिय गरी बीमितहरूको आर्थिक सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको महसुस गर्दै कम्पनीले मिति २०८३/०१/०७ देखि २०८३/०२/०५ सम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १००% सम्म छुट प्रदान गर्ने गरी विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३ लागू गरेको जनाएको छ।

रजत जयन्तीको अवसरमा कम्पनीद्वारा बीमितहरूका लागि पहिलो पटक यति ठूलो विलम्ब शुल्क छुट योजना ल्याएको कम्पनीले जनाएको छ। ३० दिनको अवधिका लागि ल्याइएको यस अवसरलाई बीमालेख व्यतीत भएका आम बीमितहरूले भरपूर रूपमा उपयोग गरी विलम्ब शुल्क छुटको लाभ लिन सक्नेछन्।

नेपाल लाइफले आफ्ना सम्पूर्ण बीमित महानुभावहरूलाई यस अवसरको सदुपयोग गर्दै बीमालेख नवीकरण गरी निरन्तर सुरक्षा सुनिश्चित गर्न हार्दिक अनुरोध गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देशकै अग्रणी जीवन बीमा कम्पनी हो, जसले करिब ३०% सम्मको बजार हिस्सा ओगट्दै आएको छ। विगत २५ वर्षदेखि लाखौं नेपाली परिवारहरूको विश्वास जित्दै आएको कम्पनीले देशभरका ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९,००० भन्दा बढी अभिकर्ताहरूको सशक्त नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ। सेवाप्रति उच्च प्रतिबद्धताका कारण कम्पनीले बीमा क्षेत्रमा विश्वसनीयता, पहुँच र उत्कृष्टताको निरन्तर उदाहरण प्रस्तुत गर्दै आएको छ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भने, “नेपाल लाइफ इन्स्योरेन्सले विगतदेखि नै ग्राहकको विश्वासलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। बीमालेख व्यतीत हुनु विभिन्न परिस्थितिहरूको परिणाम हुन सक्छ भन्ने यथार्थलाई मध्यनजर गर्दै, ग्राहकलाई पुनः बीमा सुरक्षाको दायरामा ल्याउने उद्देश्यले यो विशेष छुट योजना कार्यान्वयनमा ल्याइएको हो। हामी सम्पूर्ण बीमित महानुभावहरूलाई यस अवसरको सदुपयोग गर्दै आफ्‌नो तथा आफ्‌नो परिवारको भविष्यलाई थप सुरक्षित र सुनिश्चित बनाउन हार्दिक अनुरोध गर्दछौं। नेपाल लाइफ सधैं तपाईंको विश्वासको सहयात्री रहिरहनेछ।”

Health Tips Ad Road Block