Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्डलाई धितोपत्र बोर्डको स्वीकृति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज बैक कोष प्रवर्धक र लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्काशनका लागि अनुमति प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डले २०८३ वैशाख २ गते ‘एलएस होराइजन १२’ बन्दमुखी योजना लाई स्वीकृति दिएको हो ।

१२ बर्ष अवधि रहेको उक्त योजनाअन्तर्गत १२ करोड इकाई निष्कासन गरिनेछ, जसको प्रति इकाई मूल्य १० रुपैयाँ रहेको छ । बन्दमुखी योजना भएकाले यो निश्चित अवधिसम्म सञ्चालनमा रहनेछ । साथै कम्पनीले यस अधि सफलता पूर्वक उच्च प्रतिफल दिने सफल योजनाहरु सन्चालन गरिसकेको छ ।

धितोपत्र बोर्डको यस निर्णयसँगै नेपाली पूँजी बजारमा सामूहिक लगानी कोषको दायरा अझ फराकिलो हुने कम्पनीले अपेक्षा गरिएको छ, जसले साना तथा ठूला लगानीकर्तालाई व्यवस्थित रूपमा लगानी गर्ने अवसर प्रदान गर्नेछ ।

Health Tips Ad Road Block