काठमाडौं । सुनको चर्चाले वि.सं. २०८२ मा संधै सनसनी भइरह्यो ।
कहिले सुनकाण्ड, कहिले सुनको मूल्य त कहिले नेता र मन्त्रीका सुनका भण्डारले २०८२ को सुरुदेखि अन्त्यसम्म नै चर्चा पाइरहेको हो ।
तस्करीको सुनकाण्डहरु बेला बेलामा भइरहे ।
२०८२ वैशाख २ गते सार्वजनिक मूल्य अनुसार सुन प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँ थियो ।
त्यसपछि वर्षैभर सुनका मूल्यमा रेकर्डका श्रृंखला जारी रहे ।
क्रमशः २०८२ माघ १५ गते बिहीबार मूल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँ सम्म पुगेर ऐतिहासिक रेकर्ड बनायो । लगभग एक वर्षमै मूल्य दोब्बर जस्तै बढ्न पुग्यो । चाँदीकाे मूल्यले पनि यसैगरी उचाइ कायम गर्याे ।
यो विषय माघबाट अलि कमजोर भएपनि चैतको अन्त्यमा आएर पुनः सुनको विषयले चर्चा पायो । जेनजी आन्दोलनपछि भएको निर्वाचनबाट उदाएको रास्वपा सरकारका मन्त्रीहरु एकै जनासँग १९० तोलासम्म सुन भएको जस्ता विषयले चर्चा पाएको हो ।
त्यसैले २०८२ साल सुनले सनसनी मच्चाएको वर्षको रुपमा रहन गयो ।





















