skip this News Page Tips Ad Road Block

आयातीत सामानमा एमआरपी अनिवार्यरुपमा राख्न सरकारी निर्देशन, १५ दिनको समयसीमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सरकारले विदेशबाट आयात गरी नेपालमा बिक्री वितरण हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्यरूपमा उल्लेख गर्न निर्देशन दिएको छ ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १५ दिनको समयसीमा तोक्दै उक्त अवधिभित्र व्यवस्था कार्यान्वयन नगरे कारबाही गरिने जनाएको छ।

विभाग र नेपाल समुद्रपार निकासी पैठारी संघका प्रतिनिधिबीच भएको छलफलपछि यो निर्णय लिइएको हो ।

Health Tips Ad Road Block