काठमाडौं । सुख्खा पहिरो जाँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ ।
यस सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको हो ।
पहिरोका कारण दुईतर्फी नै सवारी बन्द छ ।
पहिरो पन्छाउनका डोजर परिचालन गरिएको छ । पहिरो पन्छाउने क्रम जारी रहेकाले मुग्लिनबाट नारायणगढतर्फ जाने र नारायणगढबाट मुग्लिनतर्फ आउने गाडीहरु रोकिएका छन् ।

















