Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

डिसहोमको एक वर्षको रकम तिरिदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । डिसहोमको कर्मचारी भन्दै ठगी गरेको अभियोगमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–३ बस्ने धादिङ घर भएका २२ वर्षीया आरती सिंखडा, काठमाडौं टोखा नगरपालिका–३ बस्ने दोलखा घर भएका २२ वर्षीय विष्णु कार्की र काठमाडौं टोखा नगरपालिका–९ बस्ने रामेछाप घर भएका ४७ वर्षीय असल सिंह तामाङ रहेका छन् ।

काठमाडौंस्थित डिसहोमको कर्मचारी हुँ भनि डिसहोममा आबद्ध नियमित ग्राहकहरूलाई फोन सम्पर्क गरी केही समयको लागि डिसहोमका ग्राहकहरूको लागि १ वर्षको रिचार्ज गर्दा ४ महिनाको निशुल्क रिचार्ज अफर आएको छ भनि ग्राहकहरूलाई झुक्यानमा पारी रकम लिई ठगी गरेको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Health Tips Ad Road Block