काठमाडौँ । अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेपछि सबैतिर आशाको सञ्चार भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘सम्पूर्ण सभ्यता नष्ट हुने’ चेतावनीसहित दिएको समयसीमा सकिन केहीबेरअघि युद्धविरामको सहमति भएपछि सबैमा सकारात्मक आशा पलाएको हो ।
बीबीसीले जनाएअनुसार इरानी विदेशमन्त्री अब्बास अराग्चीले इरानी सशस्त्र फौजको समन्वयमा स्ट्रेट अफ होर्मुजबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने बताएका छन् । युद्धमा सामेल भएको इजरेलले पनि युद्धविराम सहमति पालना गर्ने विवरण सार्वजनिक भएका छन् ।
वार्तामा मध्यस्थको भूमिका खेलेको पाकिस्तानमार्फत् अमेरिकासामु युद्धविरामको १० बुँदे योजना पेस गरिएको इरानले पुष्टि गरेको बीबीसीले जनाएको छ ।





















