skip this News Page Tips Ad Road Block

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सानिमा बंैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत शिक्षा, स्वास्थ्य, मानवीय हित, वित्तीय साक्षरता लगायत अन्य विभिन्न जनसरोकारमा क्षेत्रहरुमा निरन्तर योगदान पुराउँदै आएको छ । यसै सिलसिलामा बैंकले समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यका साथ बैंकले देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।

गर्भावस्था तथा सुत्केरी अवस्थामा देखिन सक्ने पोषणको अभाव, रक्तअल्पता (एनेमिया) र अन्य स्वास्थ्य जटिलताहरुबाट आमा तथा नवजात शिशुहरुलाई जोगाउन र यसको न्युािनकरण गर्ने दीर्घकालीन लक्ष्यका साथ बैंकले यो कार्यक्रम आयोजना गरेको हो ।

यस अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न नगरपालिका, गाँउपालिका तथा वडा कार्यालयसँग समन्वय गरी करीब १०५० गर्भवती तथा सुत्केरी महीलाहरुलाई प्रत्यक्ष सेवा प्रदान गरेको बैंकले जनाएको छ ।

्शिविरमा सहभागी गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थकर्मीहरुद्धारा आवश्यक स्वास्थ्य जाँच गरिनुका साथै उनिहरुलाई ३ महिनाका लागि पुग्ने स्वास्थ्यप्रवद्र्धक पौष्टिक खाध सामाग्रीहरु वितरण गरिएको थियो ।

बैंकले भविष्यमा पनि समाजका लक्षित वर्गमा सकारात्मक प्रभाव पर्ने किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

सानिमा बंैकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

Health Tips Ad Road Block