Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निर्माण व्यवसायी महासंघका नविनियुक्त अध्यक्ष पाण्डेसहितका पदाधिकारी र सदस्यद्धारा कार्यभार ग्रहण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । महासंघको हालै सम्पन्न २६ औं साधारण सभा एवं १३औं अधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी एवं कार्य समिति सदस्यहरूले पद तथा गोपनियताको सपथ लिँदै कार्यभार ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता टंक प्रसाद दुलालले नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरूलाई सपथ गराएका हुन् ।

सपथपछिको सभालाई सम्बोधन गर्दै महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डेले आफू कर्ममा विश्वास गर्ने व्यक्ति भएको बताउँदै सबै तह र तप्काका निर्माण व्यवसायीहरूको वृद्धि विकासका लागि इमान्दार भएर काम गर्ने प्रतिबद्धता जनाए । विभागीय मन्त्रीसँगको छलफलमा आफूले निर्माण उद्योगमा विद्यमान समस्याहरूबारे जोडदार रुपमा ध्यानाकर्षण गराएको जानकारी गराउँदै अध्यक्ष पाण्डेले क्रमशः सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।

सपथ ग्रहण समारोहमा निवर्तमान अध्यक्ष रवि सिंह, निवर्तमान वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) लगायतले निर्माण उद्योगको बृहत्तर हितका लागि आफूहरूको सदैव साथ सहयोग रहने धारणा व्यक्त गरे ।

Health Tips Ad Road Block