काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा कम्पनीलाई जरिवानासहित कारवाही गरेको छ । विभागले अनुगमनकाक्रममा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि गरेको अभियोगमा जरिवाना गरेको हो ।
विभागले महालक्ष्मी नगरपालिका–७ चांगाथलीस्थित एकताग्राम स्टोरलाई २० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ । यस्तै किराना घर ट्रेड एण्ड सप्लायर्स काठमाडौँ बबरमहल र गणपति ट्रेड सप्लायर्स बबरहललाई समान पाँच/पाँच हजार जरिवाना गरेको जनाएको छ ।
विभागले थप १९ फर्मलाई भने सुधारात्मक कदम चाल्न निर्देशन दिएको छ ।




















