skip this News Page Tips Ad Road Block

प्रभु बैंकका कर्पाेरेट एवं वित्त विभाग प्रमुख दिपेश डंगोल पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डंगोललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित कानुनविपरीत कर्जा दुरुपयोग गरेको अभियोगमा डंगोललाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले प्रभु बैंकबाट ‘प्रभु म्यानेजमेन्ट प्रालि’मा प्रवाह भएको कर्जा दुरुपयोग प्रकरणमा डंगोलको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

ब्युरोले यसअघि बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनमाथि बैंकिङ कसुरको आरोपमा पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सङ्कलित तथ्य, प्रमाण र विज्ञ टोलीको विश्लेषणबाट डंगोलले कर्जा दुरुपयोग गर्ने/गराउने कार्यमा भूमिका खेलेको देखिएको हो ।

ललितपुरका डंगोललाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान गर्न उच्च अदालत पाटनबाट अनुमति लिइएको थियो ।

Health Tips Ad Road Block