skip this News Page Tips Ad Road Block

मेरो किसानको आईपीओ आउँदै, प्रभु क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मेरो किसान लिमिटेडले निकट भविष्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यससम्बन्धी दुई पक्षबीच सम्झौता भएको छ ।

सम्झौता कार्यक्रममा मेरो किसान लिमिटेडका अध्यक्ष विष्णुमणि गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालक सुनिल थापा र सन्तोष बस्तेत तथा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया र विशिष्टिकृत लगानी कोष प्रमुख सुदिपहरि ढुंगाना उपस्थित थिए ।

मेरो किसान लिमिटेडले किसानसँगको सहकार्यमा बिउबिजन उत्पादन, कृषि उत्पादन संकलन, भण्डारण, वितरण तथा डिजिटल प्लेटफर्ममार्फत उपभोक्तासम्म कृषि उत्पादन उपलब्ध गराउने कार्य गर्दै आएको छ ।

कम्पनीले चितवनको पटिहानीमा कृषि प्रशोधन केन्द्र र दूध डेरी सञ्चालन गर्ने उद्देश्यले करिब ३.५ बिगा जग्गा खरिद गरी संरचना निर्माण गरिरहेको छ ।

Health Tips Ad Road Block