काठमाडाैं । कोरिया इन्स्टिच्युट अफ नानो टेक्नोलोजीद्वारा उत्पादित नानो इनरजाईजर नेपालमा हाल अटो नेपाल बिजनेस ट्रेडलिंकले विगत १० वर्षदेखि नेपालका विभिन्न शहरहरुमा बिक्री वितरण गरिरहेको छ । विश्वको नम्बर १ नानो टेक्नोलोजी प्रयोग भएको, नानो इनरजाइजर प्लेटिनम कोटेड सेरामिक नानो पाउडरबाट बनेको हो ।
नानो इनरजाईजरले दीर्घकालीन सुरक्षात्मक र प्रभावकारी इन्जिन पुनस्र्थापना गर्दछ । यसको प्रयोगले ५ देखि २०% इन्धन खपत बचत र ३ देखि ९ गुणा कम कार्बन उत्सर्जनमा थप लाभहरू प्रदान गर्ने कम्पनीका डाईरेक्टर रोशनकुमार श्रेष्ठले बताए ।
यो स्टिल भन्दा २० गुणा बलियो छ र उच्च ताप प्रतिरोध छ, त्यसैले यसको प्रयोगपछि ३०,००० किलोमिटर वा २ वर्षसम्मको लागि आयु प्रभावकारी हुन्छ ।
नानो इनरजाइजर ३० एमएलको प्याकहरूमा आउँछ, जुन सिधैं इन्जिन, गियर बक्स र स्टेरिङ बक्सहरुमा मात्र हालिन्छ, जसको प्रविधिले अभैm सुधार र थप टिकाऊ गर्न मद्दत गर्दछ ।
इन्जिनभित्रको पिस्टन र सिलिन्डरको भित्ताहरू बीचको निरन्तर घर्षण गतीको कारण, इन्जिन ब्लकले कमजोरी हुन्छ । यसले इन्जिन ब्लकलाई चरम अवस्थामा सुरक्षित गर्न र पुनस्र्थापना गर्न मद्धत गर्नेछ ।





















