Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भोट खसेअनुसार कुन दलको समानुपातिकमा कति सिट ? तीन दिनभित्र दलले नाम बुझाउनुपर्ने !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य सम्पन्न भएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १६५ निर्वाचन क्षेत्रमै सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै अन्तिम मत परिणाम सार्वजनिक गरी विजेता उम्मेदवारहरुलाई प्रमाणपत्र दिने कार्यसमेत सम्पन्न भइसकेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न भई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० अनुसार आयोगको फागुन २८ को निर्णय बमोजिम सिट बाँडफाँटसमेत गरिएको निर्वाचन आयोगले छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा कुल १,८९,०३,६८९ मतदातामध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १,११,६८,०३२ मतदान भएको र त्यसमध्ये १,०५,५९,०१७ (९४.५५ प्रतिशत) मत सदर भएको छ। त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १,१२,८०,६१७ मतदान भएकोमा १,०८,३५,०२५ (९६.०५ प्रतिशत) मत सदर भएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० (२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने दलले प्राप्त गर्ने सिट संख्या निर्धारण भएको छ ।

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २० सिट, नेकपा (एमाले) ले १६ सिट, नेपाली कम्युनिस्ट पार्टीले ९ सिट, श्रम संस्कृति पार्टीले ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन् ।

उल्लिखित सिट संख्या अनुसार ऐनको दफा ६० (४), प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४१ तथा प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३५ बमोजिम तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेस गर्न सम्बन्धित राजनीतिक दलहरुलाई निर्वाचन आयोगले बिहीबार पत्राचारसमेत गरिसकेको जनाएकाे छ ।

Health Tips Ad Road Block