Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

“सडकदेखि सदनसम्म दन्त उपचार सेवा : ॐ समाज डेण्टल अस्पतालको उदाहरणीय पहल”

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दन्त स्वास्थ्य सेवा विस्तारसँगै सामाजिक सेवामा उदाहरणीय काम गर्दै आएको ॐ समाज डेण्टल अस्पताल नेपालमै सबैभन्दा बढी निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गर्ने अस्पतालमध्ये अग्रणी संस्थाका रूपमा परिचित हुँदै गएको छ। सर्वसाधारणसम्म दन्त उपचार सेवा सहज र सुलभ बनाउने उद्देश्यका साथ अस्पतालले देशका विभिन्न स्थानमा नियमितरूपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।

अस्पतालले एक वर्षमा मात्रै २५० भन्दा बढी निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ। विभिन्न चोक–चोक, विद्यालय, कलेज, कम्पनी तथा कार्यालयका कर्मचारीहरू रहेका स्थान, सामुदायिक बस्ती तथा सार्वजनिक स्थलहरूमा पुगेर अस्पतालले स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। यस्ता शिविरमार्फत हजारौं नागरिकले दन्त परीक्षण, परामर्श तथा प्राथमिक उपचार सेवा पाउँदै आएका छन्।
विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा अस्पतालसम्म पुग्न कठिनाइ हुने नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएका यी शिविरहरूले दन्त स्वास्थ्य सेवामा ठूलो राहत दिएका छन्। समयमै परीक्षण र उपचार नपाउँदा जटिल समस्या भोग्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै अस्पतालले समुदायमै पुगेर सेवा दिने अभियानलाई निरन्तरता दिएको हो।

हाल ॐ समाज डेण्टल अस्पताल काठमाडौं र ललितपुरमा गरी चार स्थानमा तथा महोत्तरीको बर्दिबासमा एक स्थान गरी पाँच स्थानबाट सेवा प्रदान गर्दै आएको छ। आधुनिक उपकरण, अनुभवी चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीको टोलीमार्फत अस्पतालले गुणस्तरीय दन्त उपचार सेवा प्रदान गर्दै आएको छ।

अस्पतालले निःशुल्क दन्त स्वास्थ्य शिविरलाई व्यवस्थित बनाउन प्रत्येक महिना नियमित तालिका समेत बनाएको छ। जसअनुसार पहिलो शनिबार काठमाडौंको नैकाप क्षेत्रमा शिविर सञ्चालन हुने गर्दछ भने दोस्रो शनिबार ललितपुरको सातदोबाटो (चापागाउँ दोबाटो) क्षेत्रमा सेवा प्रदान गरिन्छ। त्यस्तै तेस्रो शनिबार चाबहिल चोकमा तथा चौथो शनिबार बन्स्थली चोकमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ।
यसका अतिरिक्त महोत्तरीको बर्दिबास क्षेत्रमा पनि प्रत्येक हप्ता विभिन्न चोक–चोकमा पुगेर दन्त स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ। यसरी समुदायमै पुगेर सेवा प्रदान गर्दा स्थानीय नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

सामाजिक सेवामुखी यस अभियानका कारण ॐ समाज डेण्टल अस्पताल धेरै सर्वसाधारणको रोजाइमा पर्न सफल भएको छ। सडकदेखि सदनसम्मका विभिन्न पेशा र वर्गका मानिसहरूले अस्पतालबाट सेवा लिइरहेका छन्। दन्त स्वास्थ्यलाई अस्पतालभित्र सीमित नराखी समाजमै पुगेर सेवा दिने अभियानलाई धेरैले प्रशंसनीय कार्यका रूपमा लिएका छन्।

यस अस्पतालको नेतृत्व गरिरहेका अध्यक्ष डाक्टर सुवास घिमिरे वरिष्ठ म्याक्सिलोफेसियल सर्जनका रूपमा परिचित चिकित्सक हुन्। अनुहार, बङ्गारा र मुखसम्बन्धी जटिल रोगहरूको उपचारमा विशेष अनुभव हासिल गरेका डा. घिमिरे स्वास्थ्य सेवासँगै सामाजिक सेवामा पनि अग्रणी भूमिका निर्वाह गर्दै आएका छन्।

उनले दन्त तथा मुख स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचसम्म पुर्‍याउने उद्देश्यले विभिन्न सामाजिक अभियानहरू सञ्चालन गर्दै आएका छन्। विशेषगरी निःशुल्क स्वास्थ्य शिविरमार्फत हजारौं नागरिकलाई उपचार सेवा प्रदान गर्ने कार्यमा उनी निरन्तर सक्रिय रहँदै आएका छन्।

डा. घिमिरेको भनाइ अनुसार दन्त स्वास्थ्य मानिसको समग्र स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण विषय हो। तर नेपालमा अझै पनि धेरै नागरिकले दन्त स्वास्थ्यप्रति पर्याप्त ध्यान नदिने अवस्था रहेको छ। यही कारणले समयमै परीक्षण र उपचार नपाउँदा धेरै नागरिकले जटिल समस्या भोग्नुपर्ने अवस्था सिर्जना हुने गरेको उनी बताउँछन्।

सामाजिक सेवाप्रति गहिरो समर्पण भएका डा. घिमिरे सरल स्वभाव, सेवाभाव र बिरामीप्रतिको आत्मीय व्यवहारका कारण धेरै मानिसको मन–मुटुमा बस्न सफल चिकित्सकका रूपमा चिनिन्छन्। नेपालमा मात्र नभई विदेशमा रहेका नेपाली समुदाय तथा विदेशी बिरामीहरूमाझ पनि उनको सेवाभाव र उपचार कौशलको प्रशंसा हुने गरेको छ।

आगामी दिनहरूमा पनि निःशुल्क स्वास्थ्य शिविरलाई अझ विस्तार गर्दै देशका विभिन्न स्थानमा सेवा पुर्‍याउने योजना अस्पतालले बनाएको जनाएको छ। सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय दन्त उपचार सेवा प्रदान गर्दै समाजसेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता अस्पतालले जनाएको छ।

यसरी सामाजिक सेवासँगै स्वास्थ्य सेवा विस्तार गर्दै आएको ॐ समाज डेण्टल अस्पताल आज धेरै नागरिकका लागि उपचार मात्र नभई भरोसा र आशाको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

Health Tips Ad Road Block