काठमाडौं । गत बिहीबार फागुन २१ मा सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम आउनेक्रममा रहेको छ । यसअन्तर्गत अहिले समानुपातिक मतगणनाको पछिल्लो नतिजा आइरहेको छ ।
अहिलेसम्म १ करोड ७ लाख ३० हजार ५५१ मतगण्ना सम्पन्न भइरहेको छ । त्यसमा पहिलो भएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ ।
यसैगरी दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले १४ लाख ४८ हजार ३१८ मत पाएको छ ।
दर्जनौं दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले अहिलेसम्म ८ लाख ३ हजार ६२७ मत पाएको छ ।
राष्ट्रिय दलको मान्यता पाउने अवस्थामा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७
मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख २९ हजार ४५७ मत पाएको छ ।
यता प्रत्यक्षमा एक सिट पनि नजितेको जनता समाजवादी पार्टी, नेपालले १ लाख ७४ हजार ३०६ मत र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४९७ मत पाएको छ ।
बाँकी कुनैपनि दलले हालसम्म एक लाख मत कटाउन सकेका छैनन् ।






















