skip this News Page Tips Ad Road Block

समानुपातिक अपडेटः ५१ लाख मत गन्दा रास्वपा एक्लैको २५ लाखभन्दा बढी, अरु लाख कटाउने दलहरु यी हुन् !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतगणना जारी छ । अहिलेसम्म ५१ लाख १२ हजार ०९० मत गणना भइसकेको छ । त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २५ लाख २० हजार ८१० मत प्राप्त गरेको छ ।

समानुपातिकमा १ लाख मत कटाउने अरू दलहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टी मात्रै रहेका छन् ।

समानुपातिकमा नेपाली काँग्रेसले ८ लाख ४९ हजार १३१ मत पाएको छ ।

यस्तै नेकपा (एमाले) ले ७ लाख २७ हजार ७७४ मत, नेपाली कम्युनिष्ट पार्टीले ३ लाख ४७ हजार ३८४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८२ हजार ६४८ मत र श्रम संस्कृति पार्टीले १ लाख २६ हजार १९० प्राप्त गरेको छ ।

Health Tips Ad Road Block