काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतगणना जारी छ । अहिलेसम्म समानुपातिकतर्फ ७८ लाख ३१ हजार ४९८ मत गणना भइसकेको छ । त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३७ लाख ८९ हजार ८०३ मत प्राप्त गरेको छ ।
समानुपातिकमा १ लाख मत कटाउने अरू दलहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय परिवर्तन पार्टी रहेका छन् ।
समानुपातिकमा नेपाली काँग्रेसले १२ लाख ७५ हजार ५९४ मत पाएको छ ।
यस्तै नेकपा (एमाले) ले १० लाख ७९ हजार ७२६ मत, नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ५५ हजार ३०० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६५ हजार ०९८ मत, श्रम संस्कृति पार्टीले २ लाख ५८ हजार ५५३ मत, जनता समाजवादी पार्टी, नेपालले १ लाख १६ हजार ४६३ मत र राष्ट्रिय परिवर्तन पार्टी १ लाख ०८ हजार ०८४ मत प्राप्त गरेका छन् ।





















