काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभाको मतगणना अनुसार समानुपातिक मतको विवरण पनि प्राप्त भइरहेको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिकमा २१ लाख ९१ हजार ६६४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ११ लाख २४ हजार ९६१ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली काँग्रेसले ३ लाख ७१ हजार २२७ मत, नेकपा (एमाले) ले २ लाख ९७ हजार २९२ मत, नेपाली कम्युनिष्ट पार्टीले १ लाख ३२ हजार ७२४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८१ हजार ४२८ मत, श्रम संस्कृति पार्टीले ४५ हजार ५९७ मत, राष्ट्रिय परिवर्तन पार्टीले २६ हजार २३७ मत प्राप्त गरेको छ ।
त्यसैगरी जनता समाजवादी पार्टी, नेपालले १७ हजार ५५७ मत, एकल चिन्ह चकिया (जाँतो) (राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ले ११ हजार ०७५ मत, नेपाल मजदुर किसान पार्टीले १० हजार ४०७ मत, जनमत पार्टीले ९ हजार ३२० मत, राष्ट्रिय जनमोर्चाले ७ हजार २०८ मत, राष्ट्र निर्माण दल नेपालले ७ हजार ११० मत र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ६ हजार ५१४ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाल जनता संरक्षण पार्टीले ४ हजार ९०६ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीले ४ हजार १७६ मत, मंगोल नेशनल अर्गनाइजेशनले २ हजार ७९३ मत, सार्वभौम नागरिक पार्टीले २ हजार ६६२ मत, एकल चिन्ह बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी) ले २ हजार ५७७ मत, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले २ हजार ४६८ मत, एकल चिन्ह मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपा) १ हजार ६५६ मत, संयुक्त नागरिक पार्टीले १ हजार ६०३ मत, नेशनल रिपब्लिक नेपालले १ हजार ५२१ मत, राष्ट्रिय एकता दलले १ हजार ४३६ मत, नेपाल जनता पार्टीले १ हजार ३३९ मत, राष्ट्रिय जनमुक्ति पार्टीले १ हजार २९७ मत र नेपाल कम्युनिष्ट पार्टी (माले) ले १ हजार २४ मत प्राप्त गरेका छन् ।
बाँकी अन्य दलले १ हजार मत पनि कटाउन सकेका छैनन् ।






















