काठमाडौं । मतगणना सुरु गरिएको स्थानको पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर ९५ स्थानमा जित हासिल गरेको छ भने ३० स्थानमा अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ । कुल १६४ स्थानको मतगणना भएको छ।
रास्वपापछि नेपाली काँग्रेसले १३ स्थानमा जित हासिल गरेको छ । ४ स्थानमा अग्रता लिएको आयोगले जनाएको छ ।
त्यसैगरी नेकपा एमालेले ७ स्थानमा जित हासिल गरेको छ भने ३ स्थानमा अग्रता लिएको छ । नेपाली कम्युनिष्ट पार्टीले ४ स्थानमा जित र ३ स्थानमा अग्रता लिएको छ । राप्रपा १ र स्वतन्त्र १ विजयी भएको छ । श्रम संस्कृति पार्टीले ३ स्थानमा अग्रता लिएको आयोगले जनाएको छ ।






















