Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अपडेटः रास्वपा २९ स्थानमा विजयी (सूचिसहित), ८९ स्थानमा अग्रता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतगणनाको नतीजा आउनेक्रम जारी रहेको छ । जसअनुसार अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले २७ स्थानमा जित हासिल गरिसकेको छ ।

निर्वाचन आयोगका अनुसार मोरङ ४ मा सन्तोष राजवंशी (४०,८३३), मोरङ ६ मा रुविना आचार्य (५५,५१३), धनुषा ३ मा मनिष झा (४३, ९८८), महोत्तरी १ मा प्रमोद कुमार महतो (३४, ६३६), बारा ३ मा अरबिन्द साह (४०,६९७), पर्सा १ बुद्धि प्रसाद पन्त (२७,२७४), काठमाडौं १ मा रञ्जु दर्शना न्यौपाने (१५, ४५५), काठमाडौं २ मा सुनिल केसी (३४,२३८), काठमाडौं ३ मा राजुनाथ पाण्डे (१८, ७५७), काठमाडौं ४ पुकार बम (२१, १४२), काठमाडौं ५ मा सस्मित पोखरेल (३०, ७३७), काठमाडौं ७ मा गणेश पराजुली (२७, ८०५), काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ (२४, ५९२), काठमाडौं ९ मा डिपी अर्याल (३५,०९३), काठमाडौं १० मा प्रदिप विष्ट (३७, ४६९), भक्तपुर १ मा रुकेश रञ्जित (३३,४३६), चितवन २ मा रवि लामिछाने (५४,४०२), कास्की २ मा उत्तम प्रसाद पौडेल (३१,९११), कास्की ३ मा बिना गुरुङ (३७, ७५०), स्याङजा १ मा धनञ्जय रेग्मी (२९, ०७१), बाग्लुङ १ मा सुशील खड्का (२०,९२७), बाग्लुङ २ मा सोम शर्मा (१२,६४७), पर्वत १ मा सागर भुसाल (२६,५६१), रूपन्देही २ मा सुलभ खरेल (५६,५५०), रूपन्देही ३ मा डा. लेखजंग थापा (५८,८१४), रुपन्देही ४ मा कन्हैया बानिया (२८, ०६६), बाँके १ मा सुरेश कुमार चौधरी (३२, ७९२), बाँके ३ मा खगेन्द्र सुनार (२९, ५५१) र कैलाली १ मा कोमल ज्ञवाली (१७,८२६) मतसहित विजयी भएका छन् ।

१६१ मध्ये ९० स्थानमा रास्वपाले अग्रता लिइरहेको छ ।

Health Tips Ad Road Block