काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतगणनाको नतीजा आउनेक्रम जारी रहेको छ । जसअनुसार अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले २९ स्थानमा जित हासिल गर्दा पुराना र ठूला भनिएका पुराना दलहरुले झिनो जित निकालेका छन् । सबैभन्दा पुरानो दल नेपाली काँग्रेसले ४ सिटमा जित निकालेको छ भने नेकपा एमालेले २ र नेपाली कम्पुनिष्ट पार्टीले एक स्थानमा जित निकालेको छ । एक स्वतन्त्र विजयी भएका छन् । अन्य दलका उम्मेदवारले खाता खोल्न सकेका छैनन् ।
निर्वाचन आयोगका अनुसार काँग्रेसका ४ मध्ये तेह्रथुम १ मा सन्तोष शुब्बा (११, ५६१), मनाङ १ मा टेक बहादुर गुरुङ (२, ४१५), मुस्ताङ १ मा योगेश गौचन थकाली (३, ३०७) र दैलेख १ मा बासना थापा (१२, ३७२) मत सहित विजयी भएका छन् । काँग्रेसले ११ स्थानमा अग्रता लिइरहेको छ ।
यस्तै नेकपा एमालेले २ स्थानमा जित लिकालेको छ । एमालेले बाँके २ बझाङ १ मा जित निकालेको हो । बाँके २ मा एमालेका मोहम्मद इस्तियाक राई २४ हजार ६२८ र बझाङ १ मा एमालेका ऐन बहादुर महर १८ हजार ५४३ मतसहित विजयी भएका हुन् । एमालेले ८ स्थानमा अग्रता लिइरहेको छ ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० महतसहित विजयी भएका छन् । नेकपाले १० स्थानमा अग्रता लिइरहेको छ ।
स्वतन्त्र अन्तर्गत म्याग्दी १ मा महावीर पुन २२ हजार ८५० मतसहित विजयी भएका छन् ।
श्रम संस्कृति पार्टी ५ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक स्थानमा अग्रता कायम गरिरहेको छन् ।






















