Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

समानुपातिक अपडेटः कुन दलले कति पाए मत ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभाको मतगणना अनुसार समानुपातिक मतको विवरण पनि प्राप्त भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ३१ हजार २६० मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली काँग्रेसले ९ हजार ६८७, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ले ४ हजार ३६५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ५५ मत, नेपाली कम्युनिष्ट पार्टीले १ हजार ४७६ मत, श्रम संस्कृति पार्टीले १ हजार २७५ मत प्राप्त गरेको छ ।

त्यसैगरी राष्ट्रिय परिवर्तन पार्टीले ८४२ मत, नेपाल मजदुर किसान पार्टीले २४७ मत, नेपाल जनता संरक्षण पार्टीले १३४ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीले १०८ मत र एकल चिन्ह चकिया (जाँतो) (राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ले १०४ प्राप्त गरेका छन् ।

अन्य दलले १०० अंक कटाउन सकेका छैनन् ।

 

 

 

 

Health Tips Ad Road Block