काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।
उनी २४ हजार ५९२ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिष्पर्धि नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरे । उनको जमानत जफत भएको छ ।
त्यहाँ ३६ हजार ४१३ मत खसेको थियो ।
खसेको सदर मतको १० प्रतिशत नपुर्याएका कारण सायमीको जमानत जफत भएको छ ।






















