काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले घटेको छ ।
हिजो फागुन २१ गते निर्वाचन भएका कारण सुनचाँदीको मूल्य तोकिएन । २० गते बुधबारको तुलनामा सुनको मूल्य घटेर प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि घटेर प्रतितोला ५४४५ रुपैयाँ रहेको छ ।






















