Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शना न्यौपाने विजयी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रन्जु दर्शना न्यौपाने प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् ।

उनले १५ हजार ४५५ मत ल्याएर विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रवल थापाले ६ हजार ३६४ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत ल्याए । त्यस्तै एमालेका मोहनराज रेग्मीले १ हजार ६ सय १८ मत ल्याए ।

नेपालको संविधान–२०७२ जारी भएपछि पहिलो पटक भएको स्थानीय तह निर्वाचनमा रञ्जुले विवेकशील नेपाली पार्टीबाट काठमाडौँ महानगरपालिकाको मेयर पदका प्रतिष्पर्धा गरेकी थिइन् ।

उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ–१ बाटै स्वतन्त्र उमेदवार बनेकी थिइन् ।

Health Tips Ad Road Block