skip this News Page Tips Ad Road Block

बजारमा उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको कडा निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बजारमा उपभोग्य वस्तुको मूल्य घटाउन सरकारले कडा निर्देशन दिएका छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेसँगै बजारमा उपभोग्य वस्तु तथा सेवाको मूल्य घटाउन सम्बन्धित व्यवसायी तथा सरोकारवालालाई भनेको हो।

विभागले जारी गरेको प्रेस विज्ञप्तिमा मध्यपूर्वमा देखिएको संकटका कारण बढेको इन्धनको मूल्य अहिले सामान्य अवस्थामा फर्किएसँगै नेपाल आयल निगमले २०८३ असार १६ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ। त्यसपछि आम उपभोक्ताले प्रत्यक्ष राहत पाउने गरी बजारमा वस्तु तथा सेवाको मूल्य पनि समायोजन गर्न विभागले आग्रह गरेको हो।

मन्त्री यादवले इन्धनको मूल्य घटेको लाभ उपभोक्तासम्म पुग्नुपर्ने भन्दै बजारमा कृत्रिम मूल्यवृद्धि हुन नदिन र आवश्यक वस्तु तथा सेवा सुपथ मूल्यमा उपलब्ध गराउन विभागलाई आवश्यक पहल गर्न निर्देशन दिएको जनाइएको छ।

सोही निर्देशनअनुसार विभागले खाद्यान्नलगायत सबै वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउन सबै बिक्रेता, व्यवसायी, ढुवानीकर्ता तथा सेवा प्रदायकलाई अनुरोध गरेको छ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उपभोक्ताको अधिकार संरक्षण गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै इन्धनको मूल्य घटेको प्रभाव बजार मूल्यमा समेत देखिने गरी जिम्मेवार भूमिका निर्वाह गर्न सबै पक्षसँग आग्रह गरेको छ।

Health Tips Ad Road Block