Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रिमियममा आईपीओ ल्याउने, आईपीओ पाइपलाइनमा प्रवेश

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रिमियममा आईपीओ ल्याउने भएको छ । कम्पनीको आईपीओ पाइपलाइनमा प्रवेश गरेको छ ।

कम्पनीले २० लाख ७५ हजार कित्ता शेयर प्रति कित्ता रू.३५८.८५ का दरले प्रिमियम मूल्यमा जारी गर्ने गरी धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त हायर पर्चेज संस्था यस हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको गत मंसिर १२ मा सम्पन्न वार्षिक साधारण सभाको निर्णय अनुसार प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । त्यसअनुसार फागुन १३ गते प्रकाशन भएको आईपीओ पाइपलाइन सूचीमाअन्य वर्गमा यस कम्पनीको प्राथमिक सार्वजनिक निष्काशनको निवेदनलाई सूचिकृत गरिएको छ।

यस प्राथमिक सार्वजनिक निष्काशनको निष्काशन प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

Health Tips Ad Road Block