ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

साल्ट ट्रेडिङ कर्पोरेसनद्धारा टी २० विश्वकपका क्विज अभियानका विजेतालाई पुरस्कार प्रदान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आयोजना गरेको टी २० विश्वकप क्विज अभियानका भाग्यशाली विजेता हरि दाहाललाई उपहारसहित पुरस्कृत गरेको छ । बुधबार एक कार्यक्रम गरी दाहाललाई पुरस्कृत गरिएको हो ।

कर्पोरेसनका उच्च पदाधिकारीहरू समेतको उपस्थितिमा कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दाहाललाई पुरस्कृत गरेकी हुन् ।

खेलप्रतिको दाहालको लगाव र साल्ट ट्रेडिङ अभियानमा देखाएको सक्रिय सहभागिताका लागि उनलाई कम्पनीले बधाई दिनुका साथै धन्यवाद व्यक्त गरेको छ ।

कम्पनीले कार्यक्रममा सहभागी हुने सम्पूर्ण खेलप्रेमीहरूमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि साल्ट ट्रेडिङका यस्तै रोचक अभियानहरूमा साथ र सहयोगको अपेक्षा राखेको छ ।

Health Tips Ad Road Block