Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सङ्खुवासभामा राप्रपाको समानुपातिक मत बढ्ने अनुमान

Citizenlife ad 2082 falgun to baishak 2083

सङ्खुवासभा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सङ्खुवासभाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक मत बढ्ने आँकलन गरिएको छ । गत २०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका युवा नेता तेन्जिङ भोटियालाई यसपटक पार्टीले समानुपातिक बन्दसूचीमा राखेको छ । सो निर्णयपछि जिल्लामा समानुपातिकतर्फ राप्रपाको मत बढ्ने विश्लेषण गरिएको हो ।

भोटखोला गाउँपालिकाका प्रतिनिधि मानिने तेन्जिङ भोटिया अल्पसंख्यक तथा सिमान्तकृत समुदायको आवाजका रूपमा चिनिन्छन् । लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय उनले जिल्लाका असहाय तथा पिछडिएका वर्गका पक्षमा काम गर्दै आएका छन् ।

स्थानीय तथा परम्परागत मदिराको संरक्षण र प्रवद्र्धनका लागि निरन्तर आवाज उठाउँदै आएका उनले राप्रपाको घोषणापत्रमा समेत स्थानीय मदिरा प्रवद्र्धनसम्बन्धी विषय समावेश गराउन भूमिका खेलेको बताइन्छ । यसले उक्त क्षेत्रसँग आबद्ध समुदायमा सकारात्मक सन्देश गएको स्थानीयको भनाइ छ ।

यसै आधारमा आगामी निर्वाचनमा सङ्खुवासभाबाट राप्रपाले समानुपातिकतर्फ सन्तोषजनक मत प्राप्त गर्ने अनुमान गरिएको राप्रपाका नेताहरुले बताएका छन् ।

Health Tips Ad Road Block