Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पर्यटककाे फेक रेस्क्यूमा संलग्न पर्यटन क्षेत्रका थप २ जना पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । पर्वतारोहण ट्रेकिङ्ग क्षेत्रमा भएको फेक रेस्क्यूमा संलग्न ट्रेकिङ कम्पनी तथा उड्‌डयन क्षेत्रका थप २ जना पक्राउ परेका छन् ।
Royal Holidays Adventure and Travel Company Pvt. Ltd. ठमेल, काठमाडाैंका सन्दिप तिवारी र विमान सेवा सञ्चालक संघ नेपाल (AOAN) का पूर्व उपाध्यक्ष राजेन्द्र बहादुर सिंहलाई नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सिआइबी)ले पक्राउ गरेकाे हाे ।

२८ वर्षे तिवारीकाे स्थायी ठेगाना धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका वडा नं. ०२ रहेकाे छ । उनी फागुन १२ गते पक्राउ परेका हुन्। यता ५६ वर्षीय राजेन्द्र बहादुर सिंहकाे स्थायी ठेगाना काठमाडाैं जिल्ला काठमाडाैं महानगरपालिका वडा नं. ३१ रहेकाे छ ।

सिआइबीले भनेकाे छ, नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकहरुको उद्धार गरेको देखाई बीमा रकम दाबी गरी गैह्रकानूनी रुपमा आर्थिक लाभ प्राप्त गरेकोमा “पवर्तारोहण र ट्रेकिङको क्रममा हुनसक्ने दुर्घटना, स्वास्थ्यमा समस्या र प्राकृतिक विपद आईपर्दा पर्यटकहरुलाई (RESCUE) गर्नुपर्ने बाध्यात्मक परिस्थिति वा अवस्थामा प्रयोग हुने रेस्क्यू फ्लाइट सञ्चालन गर्ने कम्पनीहरु Mountain Rescue Service Pvt. Ltd., Everest Experience and Assistance Pvt. Ltd. Nepal Charter Service Pvt. Ltd. ले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा बिमानस्थलमा रहेका अभिलेखको विवरणलाई थपघट गरी गराई Passenger and Cargo Manifest को व्यहोरा फरक र किर्ते गरी सोही अनुसारको बिल (Invoice) तयार गर्ने, उद्धार गरिएको भनिएका विदेशी पर्यटकहरुलाई अनिवार्य रुपमा Insurance Policy मा उल्लेख भएको शर्त बमोजिम काठमाडौं स्थित विभिन्न अस्पतालमा उपचार गरेको देखाई उपचारका बिल (Invoice) समेतका कागजातहरु (Admission & Discharge Report, Medical Reports) तयार गरी गराई उद्धार गरिएको भनिएको पर्यटकको बिमा रकम दाबी गरी रेस्क्यू कम्पनी तथा अस्पतालले आर्थिक लाभ लिएकोमा “…make Nepal a no go destination for Tourists” भन्दै नेपाललाई पर्यटकको गन्तव्य सूचीबाट हटाउन सूचना प्रवाह गरेको, “A scam on the roof of the world” “Stop providing cover to tourists travelling to Nepal/Silly announcement about Everest” जस्ता शिर्षकमा बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमबाट समाचार सम्प्रेषण गरेको समेत देखिदाँ अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र गरिमामा आँच आउने कार्य गरे गराएकोले मुलुकी अपराध संहिता २०७४ को दफा ५१ राष्ट्रहित प्रतिकूल काम गर्न नहुने समेतको कसूर तथा संगठित अपराध निवारण ऐन, २०७० अनुसारको कसूरमा संलग्न निम्न प्रतिवादीलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट अनुमती लिई पक्राउ गरी थप अनुसन्धान भईरहेको।
हालसम्म कसूरमा संलग्न ट्रेकिङ् कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, बिदेशी बीमाका नेपाल स्थित लोकल एजेन्ट तथा हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालक समेत गरी जम्मा ९ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको व्यहोरा समेत जानकारी गराईन्छ।

निम्नः

१. पक्राउ प्रतिवादिको नामः सन्दिप तिवारी

कम्पनीको नाम: Royal Holidays Adventure and Travel Company Pvt. Ltd. ठमेल, काठमाण्डौं।

स्थायी वतनः जिल्ला धादिङ् ज्वालामुखी गाउँपालिका वडा नं. ०२

उमेर: २८ वर्ष

पक्राउ मितिः २०८२/११/१२ गते ।

२. पक्राउ प्रतिवादिको नामः राजेन्द्र बहादुर सिंह

आवद्धताः विमान सेवा सञ्चालक संघ नेपाल (AOAN) का पूर्व उपाध्यक्ष

स्थायी वतनः जिल्ला काठमाण्डौं काठमाण्डौं महानगरपालिका वडा नं. ३१

उमेर: ५६ बर्ष

पक्राउ मितिः २०८२/११/१३ गते ।

यसअघि पर्वतारोहण/ट्रेकिङ्गमा पर्यटककाे फेक रेस्क्यु गरी असुली धन्दा गर्ने ६ जना पक्राउ परिसकेका छन् ।

Health Tips Ad Road Block