काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य ५५८५ बाट बढेर ५७१५ रुपैयाँ प्रतितोलामा पुगेको महासंघले जनाएको छ ।






















