ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सुरक्षा व्यवस्थाबारे प्रधानमन्त्रीले लिइन् सुरक्षा प्रमुखबाट जानकारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीले वालुवाटारमा सबै सुरक्षा प्रमुखहरुलाई बोलाएर जानकारी लिएकी हुन् ।

गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की लगायतको उपस्थितिमा हालको सुरक्षा व्यवस्थापन, सम्भावित चुनौती र तिनको सम्बोधनका लागि अपनाइएको रणनीतिका विषयमा समीक्षा पनि भएको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताए । उनले चुनौती सिर्जना गर्नसक्ने सम्भावित व्यक्ति र समूहको पहिचान गरी तिनीहरुको कडा निगरानी र नियन्त्रणका उपाय अपनाउन निर्देशन पनि दिइन्।

Health Tips Ad Road Block