skip this News Page Tips Ad Road Block

नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ को स्टल बुकिङ्ग खुल्ला

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पहिलो संस्करणको सफलतापछि सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकासतर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पर्यटकीय राजधानी सुन्दर नगरी पोखरामा दोस्रो पटक चैत ११ देखि १५ गते सम्मको पोखरा लेकसाइड, तालबाराही चोकस्थित खेल मैदानमा नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसनद्वारा नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ को आयोजना गरिने भएको छ ।

सम्पूर्ण साना, मझौला तथा ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आव्हान गर्दै आज फागुन १२ गते देखि १९ गते सम्म प्रदर्शनीका लागि स्टल बुकिङ्ग खुल्ला गरिएको छ ।

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज् प्रा.लि. ले गर्ने छ भने स्टल बुकिङ्गका लागि इच्छिुक कम्पनी/संस्थाहरूले ] eventsgems@gmail.com वा 9801541538 मा सम्पर्क गरी जानकारी लिन सक्नेछन् ।

Health Tips Ad Road Block