Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चैत ११ देखि वाडा अटो शो २०२६ हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पहिलो संस्करणको सफलतापछि सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भईरहेका आधुनिक प्रविधि विकासतर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पोखरामा दोस्रोपटक वाडा अटो शो २०२६ आयोजना हुने भएको छ । चैत ११ देखि १५ गते सम्मको पोखरा लेकसाइड, तालबराही चोकस्थित खेल मैदानमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनद्वारा वाडा अटो शो २०२६ को आयोजना गरिने भएको हो ।

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स ईभेन्टस्)ले गर्ने छ भने स्टल बुकिङ्ग छिट्टै खोलिने आयोजकले जनाएको छ ।

नेपाली नयाँ वर्ष २०८३ को पूर्व आगमनमा नेपालको सुन्दर नगरी एवं पर्यटकीय राजधानी पोखरामा आयोजना हुन गईरहेको यस वाडा अटो शो २०२६ मा साना, मझौला तथ ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर, वित्तिय संस्था, तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूको भव्य सहभागीता हुने आयोजकले जनाएको छ । यसपाली नयाँ वर्ष २०८३ लाई मध्यनजर गरी सहभागी कम्पनीहरूबाट ल्याईने विभिन्न किसिमका आकर्षक अफरहरू, ईभी तथा आइसी ईन्जीनका नयाँ–नयाँ ब्राण्डहरू एवं अन्य थुप्रै मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू समावेश गरिने छ ।

Health Tips Ad Road Block