Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

घर पाएका सुकुम्बासीले ओलीलाई भने–‘तपाईँले ओत दिनुभयो, हामी न्यानो साथ दिन्छौं’

Citizenlife ad 2082 falgun to baishak 2083

दमक । ७८ वर्षीय टेकबहादुर थापाले जीवनमा कति पटक डेरा सरे कुनै हिसाब छैन । आफ्‌नो जमिन र घर नभएका उनी मजदुरी गरेर जीविको पार्जन गर्दै आईरहेका थिए । तर वृद्धावस्थामा प्रवेश गरेपछि भने चुनौती थियो दिगो र न्यानो ओतको । ६ वर्ष अघि उनले दमक १ मा सरकारले बनाई दिएको पक्कि घर पप्त गरे । त्यहि घरमा सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुग्दा उनी भावविभोर भए । ओलीलाई भेट्नसाथ उनले भने, ‘हामीलाई यस्तो राम्रो ओत दिनु भयो, हामी तपाईलाई सधैं भरि साथ दिनेछौं।’ उनीजस्तै यस बस्तीका बासिन्दाहरुले ओलीकै कारण जीवनमा कल्पना पनि नगरेको सुविधायुक्त घर पाएको बताएका थिए ।

नमुना बस्तिमा पुगेका अध्यक्ष ओलीले खुट्टो भाँचिएर ओछ्यान परेकी विष्णुकुमारी विकसँग समेत भलाकुसारी गरे । त्यसक्रममा उनले विकको स्वास्थ्यलाभको कामना गरे ।

अध्यक्ष ओलीकै परिकल्पनामा दमकका सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि यहाँ एकिकृत नमुना बस्ति बनाईएको हो । त्यहाँ थापा जस्तै जीवनमा कहिल्यै घर र घडेरी बनाउन नसकेका भूमिहिनहरुको बसोबासको व्यवस्था मिलाईएको छ ।

त्यहाँ २३ परिवार भूमिहिनले आधारभूत सुविधायुक्त घर पाएका छन् । यो बस्ती निर्माणका लागि अध्यक्ष ओलीकै पहलमा १ करोड ४० लाख रुपैयाँ बजेट पनि प्राप्त भएको थियो । यो बस्ती तत्कालिन प्रधानमन्त्री ओलीले नै विपन्न बस्तीमा बसोबास गर्नेलाई चावी हस्तान्तरण गरि उद्घाटन गरेका हुन् ।

त्यस बस्तीमा घरमात्र छैनन् । शौचालय, विद्युत, खानेपानी र पक्कि सडकको सुविधा पनि छ । बस्तीभित्र ब्लक विछ्याईएको पक्कि बाटो छ । अहिले त आफ्‌नै घर पाएका भूमिहिनहरुको मेहनतले बस्तीभित्रको हरियालीले पनि यसलाई मनमोहक बनाएको छ । सुकुम्बासीहरुलाई डोजर चलाएर, लखेटेर र अमानवीय व्यवहार गरेर बजारबाट धमाउने विकल्प मात्रै छैनन् । शहरबाट गरिब होईन, गरिबी हटाउनु पर्छ भन्ने बुझेकाहरुले यसरी पनि व्यवस्थापन गर्न सक्दा रहेछन् भन्ने उदाहरण दिएको छ, यो बस्तीले ।

अध्यक्ष ओलीको परिकल्पनामा विकास भएको यो बस्तीपछि वडा नं. ७ मा समेत यहि प्रकारको एकिकृत बस्ती बसालिएको छ । अव्यवस्थित र भूमिहिनहरुको दिगो व्यवस्थापनको यो प्रयास नाम मात्रको नमूना होईन, एउटा साँच्चिकै अनुकरणीय नमूना नै बनेको छ ।

Health Tips Ad Road Block