काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा १२५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ रहेको छ ।
चाँदी प्रतितोला ४८६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






















