Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रिमियम कन्स्ट्रसन केमिकल ब्राण्ड ‘मापिसा’का एडिसिभ उत्पादन नेपाली बजारमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अन्तर्राष्ट्रिय कन्स्ट्रसन केमिकल ब्राण्ड ‘मापिसा’ले नेपाल बजारमा आफ्नो उपस्थिति जनाएको छ । बिहीबारदेखि काठमाडौंमा सुरु भएको एघारौं संस्करणको नेपाल विल्डकर्न इन्टरनेशनल एक्स्पोमा भारतीय टायल्स एडिसिभ ब्राण्ड मापिसाले औपचारिक रुपमा आफ्ना उत्पादनको बिक्री वितरण सुरु गरेको हो ।

भारतस्थित शिवाज सुन्दरम इण्डष्ट्रिजले उत्पादन गरेको मापिसा ब्राण्डका उत्पादनलाई नेपालका लागि आधिकारिक बिक्रेता श्री शुभम इन्टरनेशनलले नेपाली बजारमा भित्र्याएको हो । शुभम इन्टरनेशनलका अनुसार मापिसा ब्राण्डका गुणस्तरीय घरायसी तथा आवासीय उत्पादनहरू पोलिमर मोडिफाइड एडिसिभ, इपक्सी, ब्लक जोइन्ट मोटार जस्ता उत्पादनहरू अब नेपाली बजारमा सर्वसुलभ मूल्यमा उपलब्ध हुनेछ । त्यसैगरी रेडिमिक्स प्लास्टर, टायल्स क्लिनर, पियू ३६९ एडिसिभ, वाल कभरिङ तथा एसबिआर ल्याटेक्स लिक्वीड पनि उच्च गुणस्तरसहित सुपथ मूल्यमा नेपालभर उपलब्ध हुनेछ ।

“जोडाइ जीन्दगीभरको” भन्ने नाराका साथ नेपाली बजारमा भित्रिएको मापिसा ब्राण्डले बजार बिस्तारलाई आक्रामक बनाउँदै जाने कम्पनीले जनाएको छ । यसका लागि डिलर सञ्जाल तयार गर्ने अभियानमा रहेको कम्पनीले डिलरशीप लिन चाहनेहरूलाई सम्पर्क गर्न आग्रह समेत गरेको छ । हार्डवेयर पसलहरूमा पनि मापिसाका उत्पादन सुरू हुने कम्पनीका प्रबन्धक शुभम अग्रवालले बताए ।
घरमा लगाइने टायल्स, मार्बल, ग्रेनाइट तथा मोजाइक जडान गर्न गर्न मापिसाका उत्पादन बजारका अन्य उत्पादनभन्दा धेरै गूणस्तरीय र अलग किसिमको हुने अग्रवालको दाबी छ । ‘मार्बल टायल्स लगायतको बलियो जडान गर्ने मात्र नभई फलाम, काठ तथा स्टील र अहिलेका स्टील स्ट्रक्चरका घरहरूमा सजिलै टायल्स, मार्बल मोजाइकहरू लगाउनका लागि मापिसाका उत्पादन उपयुक्त हुन्छन्,’ प्रबन्धक अग्रवालले भने, ‘नेपाल जस्तो वातावरीय विविधता भएको ठाउँमा पनि मापिसाका प्रयोग गर्दा खुम्चिने, तन्किने समस्या हुँदैन । घाम र पानीले कहिल्यै नबिगार्ने मापिसाका उत्पादन घरमा देखिनै जस्तोसुकै सिपेज टाल्नका लागि पनि उयिुक्त हुन्छ ।’

विश्वका २५ भन्दा बढी मुलुकमा लोकप्रिय ब्राण्डका रुपमा स्थापित मापिसा नेपालमा पनि छिट्टै लोकप्रिय हुने विश्वास कम्पनीको छ । यसका लागि कुनै कसर बाँकी नराख्ने जनाएको मापिसाले उत्पादनका बारेमा विल्डकर्न एक्स्पोमा पनि जानकारी लिन सकिने जनाएको छ ।

Health Tips Ad Road Block